स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं पुस ३ ।
संसदको सार्वजनिक लेखा समितिले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा घोटला भएको निश्कर्ष निकाल्दै छानबिन अघि बढाउनुपर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले उक्त प्रकरणमा विस्तृत छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल ९ओम्नी समूह० सँग सम्झौता गरेको थियो।
पहिलो लटमा ल्याएको सामग्री नै बजार भाउ भन्दा महंगो भएपछि सबैतिरबाट विरोध भएको थियो र सम्झौता रद्द गरेर यसको जिम्मा नेपाली सेनालाई दिइएको थियो। समितिले शुक्रबारको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग यसबारेमा स्पस्टीकरण लिएपछि थप छानबिनको निर्णय गरेको हो।
हठात् गरिएको सम्झौतामा बजार मूल्य ख्याल नगरी अस्वभाविक रुफमा महँगोमा खरिद गरेको लेखा समितिको छानबिनबाट खुल्न आएको छ। कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको लेखा समितिको अध्ययनले देखाएको छ ।