नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी
काठमाडौं पुस १ ।
प्रधानमन्त्री केपी ओली हिजो जारी अध्यादेश फिर्ता लिन सहमत भएपछि नेकपाको स्थायी कमिटी बैठक भर्खर शुरु भएको छ ।
नेकपा स्थायी कमिटी बैठकको तीन घन्टा ढिला गरी बालुवाटारमा सुरु भएको हो ।बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् । बैठक अघि दुवै अध्यक्ष ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो ।
छलफलमा प्रचण्डले सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको मागका बीच ओलीले अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कहाँ बुझाइएको निवेदन प्रचण्ड पक्षले फिर्ता लिन सहमत भएपछि बैठक शुरू भएको हो ।
यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो । पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । आजको बैठकमा अध्यादेशकै विषयमा केन्द्रित हुने देखिन्छ ।