ओली, दाहाल र पौडेलबीच छुट्टै छलफल
काठमाडौं पुस १ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छुट्टै छलफल सुरु भएको छ।
अध्यक्ष ओली स्थायी कमिटी बैठकमा सहभागी नभएपछि अध्यक्ष दाहाल र महासचिव पौडेलले छुट्ट छलफल गरेका हुन्। बैठकमा ओली सहभागी नै नहुने अवस्था देखिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली यसअघि अध्यक्ष दाहालद्वारा ल्याइएको राजनीतिक प्रस्ताव आरोपपत्र फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडानमा छन्। दाहाल भने नेकपामा उत्पन्न विवाद बैठकबाटै समाधान गर्नुपर्ने पक्षमा छन्।
स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। उक्त छलफलमा पनि महासचिव पौडेल सहभागी थिए।