संवैधानिक परिषद सम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड



काठमाडौं मंसिर ३० ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश तत्काल खारेर गर्न माग गरेका छन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उनले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गरेका हुन् । मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेकी हुन् ।

यस्तै अध्यक्ष प्रचण्डले नेकपा स्थायी कमिटी बैठक चलिरहेको बेला पार्टीमा कुनै परामर्श नै नगरि अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाएका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्