कोरोनाका कारण हेटौंडामा एक पुरुषको मृत्यु
हेटौंडा, मंसिर २७ । कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उपचारको क्रममा उनको गएराति भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल अनुसार उनलाई मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर २५ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोहि दिन कोभिड आईसीयूमा राखि उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।