बिदा हुनुअघि किन लेखे पूर्वराजदूत कमानसिंह लामाले मर्मस्पर्शी स्टाटस् ? [जस्ताको तस्तै]



आमा नाम नै कति मोहक शब्द “आम ” मैले संसारमा सबभन्दा बढी माया गर्ने “आमा”

प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोस्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङगलमा फसेको छ !!! तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन्” छ्या कति कुरुप सिलावरको डेक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!

प्रिय, तिमी त उसको परिवार रे आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले शिरमा राखेको थिएँ !!! ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार !!! जे होस् तिम्रा जालझेल खेती सप्रेको नै छ साधा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हाँडी घोप्टे जस्तो लाग्छ !!

ठमेलमा ५० हजार यूएस डलरको बिटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोवरले डलर टाँसेर झिलीमिली बनाएछ !!! हाँडीमा खिचडी बसाएर दुइ बुढाबुढी गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ !!! यही केशले हाँडी घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!!

हाम्रा महान् पा. का माहन साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!!

प्रिय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्यांगलमा फस्यो प्रिय !!
१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गगल
२. चल अचल भौतिक सम्पत्ति प्रतिको तिम्रो आशक्ति
३. हाम्रो बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरु !!!

यो हो हाम्रो बीचको अहिलेको बर्मूडाको ट्रयाङ्गल !!!

याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिइएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ !!!
बरमुडा ट्र्याङ्गगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!
तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो
जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !!
हामी बसेको भूभाग गोण्डावना ल्याण्डसँगै दक्षिणी ध्रवमा टाँसिएर बसेको थियो !!! त्यसबखत ठूला ठूला भौगोलिक उथलपुथल भइरहन्थे !!! एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी ध्रुवसँग छुट्टियो !!! ३ मिटर उत्तर सर्‍यो !!! पृथ्वी बीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो !!
पृथ्वी दुई भागमा बाँडियो !!
उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!!
यही घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गगल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!!
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङ्गलमा फसेका छौं !!!
प्रिय ,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरा नै रहने भए !!!
राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्‍याइहाले !!!
के कुरा गर्ने !!!
तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने विश्वका आठैवटा आश्चर्यको रस्वादन गर्ने !!!
माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ ! त्यो तिमीले भाँडी दियौ !!!
मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !!!
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!!
उलान बटोर र ऐतिहासीक गोवि मरुभूमिमा ऊँट चढ्ने सपना अधुरै रहने भयो !!!
मानव विकासक्रमको २૪ लाख वर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धि र आदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुंसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने !!!
दोङ, सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सिप विज्ञान प्रविधि सँगै पढ्ने इच्छा अधुरै रहने भयो !!!
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो !!!

प्रिय म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शय्याबाट भन्थे होला तर म भन्दिनँ !!! कोभिटसँग पैंठेजोरी खेल्दैछु !!! सायद म बाँच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!
यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?

यो जीवनको जीवन मरणको लडाइँको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरी खान मनग्य गरीदिएको छु !!! बाँकी जीवन मोज गर !!! मैले पूरा गर्न नसकेको अधुरा काम अरुसँगै पूरा गर !!! आठै आश्चर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइसकेको छु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रिय

२८/३० वर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै सुखद नै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ !!!
मेरो सेयरको करिब दुई वर्षको सांवाब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै मसँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!

प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाई रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!

कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ माफगर प्रिय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!

लामाको फेसबुक आइडीबाट साभार

प्रतिक्रिया दिनुहोस्