बितेको २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्