प्रधानमन्त्री ओलीले मंगलबार बोलाए सर्वदलीय बैठक



काठमाण्डौं,मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।
बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाईएको छ । अन्य दलहरुले सरकारको आलोचना गर्दै संसद अधिवेशन माग गरीरहेका छन् । प्रधानमन्त्री ओलीले यस अघि ससदको अधिवेशन अन्त्य गरेका थिए ।

पार्टी भित्र पनि संकट बढेको र सरकार बिरुद्ध आलोचना र प्रदर्शन बढीरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुलाई चासोका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्