बितेको २४ घण्टामा १०२४ संक्रमित, २२०६ कोरोनामुक्त



काठमाडौ,मंसिर २० । नेपालमा बितेको २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टा समयावधिसम्म देशभर १४ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ।

शुक्रबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्