चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १८ को मृत्यु



एजेन्सी,मंसिर २० ।  चीनको दक्षिणपश्चिम क्षेत्रमा एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । शुक्रबार चुङ्चिङस्थित खानीमा कार्बन मनक्साइड चुहिएर कम्तिमा १८ जनाको मृत्यु हो।

सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ। घटनाको अधिकारीहरूले छानबिन शुरु गरिसकेको बिबिसीले जनाएको छ।

डियाशुइडोङ खानीमा कामदारले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको सीसीटिभीमा देखिएको सरकारी टेलिभिजनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्