नेपाली काङ्ग्रेसले मंसिर २९ मा देशव्यापी आन्दोलन गर्ने



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । काँग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । शुक्रबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकले विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुग्दा अवरोध गरी प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोधमा प्रदर्शन तय भएको जनाइएको छ । काँग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम समेत ल्याउने तयारी गरेको छ ।

यसैगरी, काँग्रेस बैठकले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई हुँदा संसदीय गतिविधि ठप्पप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्