अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच शीतलनिवासमा भेटवार्ता



काठमाडौ, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

विहीवार साँझ ६ बजे राष्ट्रपतिलाई भेट्न अध्यक्ष दाहाल शीतलनिवास पुगेका थिए । पार्टीभित्र बढेको तिक्तता बीच विहीवार विहान नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग झण्डै २ घण्टा भेटवार्ता गरेका थिए । त्यस लगत्तै कार्यकारी अध्यक्ष दाहाल बिहीवार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन।

नेकपाको बुधवार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुनु भएपछि वैठक मंसिर २० गतेका लागि सारिएको छ । अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनलाई लिएर वैठकमै दुई अध्यक्षबीच राजनीतिक वाकयुद्ध चल्ने गरेको छ । पार्टीभित्रको आन्तरिक विवाद झनै उचाइमा पुगेको बेला राष्ट्रपति भण्डारीले एकैदिन दुवै अध्यक्षलाई शितलनिवास बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्