सुनको मुल्य फेरि बढ्यो



काठमाडौ, मंसिर १७ । सुनको मुल्य फेरि बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको बताइएको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको हो ।

छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी बुधबार प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्