इलाममा पिकअप दुर्घटना, दुईको मृत्यु



इलाम, मंसिर १६ । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको को२च १५ नम्बरको पिकअप दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु हुनेमा माईनगरपालिका–९ का दिनेश लिम्बू रहेका छन् । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन । उनिहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्