नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न : छलफल सकारात्मक



काठमाडौं मंसिर ११ ।

नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका हुन् । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको श्रृङ्गलाले बताए। वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी थिए।

भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाण्डौ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्