भारत र चीनको आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं मंसिर ११ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् ।

संसदीय सुनुवाई समितिको बैठमा प्रधानमन्त्री केपी ओलीका प्रतिनिधिका रुपमा सहभागि भएका मन्त्री ज्ञवालीले विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध स्थापित गर्दै आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको अरु कुनै स्वार्थ नहुने स्पष्ट पारेका हुन् ।

उनले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको परराष्ट्र नीति सधैं सन्तुलित नै हुने बताए । मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तठस्त रहने पनि बताए । उहाँहरुको प्रतिस्पर्धामा नेपाल कही पनि छैन । हुने कुरा पनि भएन । उहाँहरुको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस भन्ने चाहान्छ नेपाल’, उनले भने ।

यहि साता छिमेकी मुलुकबाट हुने उच्चस्तरिय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडी बढ्न चाहान्छ भन्ने भन्ने सुझाव दिने बताए । भारतीय विदेश सचिव हर्षबर्दन श्रृंगला बिहीबार बिहान काठमाडौं आएका छन् । भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने बताइएको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउँदै छन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्