नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्छ : प्रधानमन्त्री ओली



काठमाडौं मंसिर ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताएका छन्।

सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकको सामाजिक सुरक्षाको जिम्मा सरकारले लिइसकेकाले कसैलाई पनि कुनै समस्या हुन नदिन सरकार लागिपरेको बताए।

यो भन्दा पहिले पनि वृद्ध भत्ता लगायतका विभिन्न सामाजिक सुरक्षाका कदमको आलोचना भएको भए पनि अहिले आएर त्यसको महत्व बुझिएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको महत्व पनि विस्तारै बुझिदै जाने उनले बताए।

समाजको मानवोचित सभ्य समाज निर्माण गर्ने कर्तव्य र भावना र त्यसबाट निर्देशित भएर गर्नुपर्ने कामहरुलाई सामाजिक सुरक्षा योजनाले समेट्ने भन्दै त्यसको महत्व निकै बढी भएको उनले बताए।

भर्चुअल कार्यक्रममार्फत सञ्चालन गरिएको सामाजिक सुरक्षा दिवसमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पनि सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा जोड दिएका छन् ।

उनले सामाजिक सुरक्षा कोषले सुरक्षित लागनी मार्फत दिगो प्रतिफल दिने भन्दै कोषको दीर्घकालीन वित्तीय स्रोतमा गुणात्मक वृद्धि हुँदै जाने पनि बताए।

प्रतिक्रिया दिनुहोस्