सुनको भाउ स्थिर, बिहीबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ
काठमाडौं मंसिर ११ । पछिल्लो समय उतारचढाव देखिएको सुन भाउ बिहीबार भने स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बिहीबारका लागिि छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँ तोकेको छ ।
बिहीबार चाँदी भने ११ सय ७५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।