बाजागाजासहित नुवाकोट शिवपुरी ७ को वडा कार्यालय भवन शिलान्यास



नुवाकोट,मंसिर १० ।  बाजागाजासहित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास भएको छ। वडा नम्बर ७ सुनखानीको पन्थथोकमा रहने वडा कार्यालय भवन बुधबार एक समारोहका बीच कार्यक्रम का प्रमुख अतिथि नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले शिलान्यास गरेका हुन।

कार्यक्रम बोल्दै प्रमुख अतिथि केसीले भवन निर्माणसंगै कार्यालय संचालन र सेवाग्राहीले थप राहत पाउने बताए। कुल ७१ लाख बराबर रकममा निर्माण हुने उक्त भवन एक कार्यक्रम हल सहित ४ कोठाको बन्नेछ।

वडा नम्बर ७ का अध्यक्ष माधबप्रसाद भेटुवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महत, जिल्ला समन्वय उपप्रमुख अप्सरा थापा,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,उपाध्यक्ष मन्जु केसी,वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङ,वडा नम्बर ४ का वडा अध्यक्ष झमकराज गुरुङ लगायतको उपस्थिति रहेको बताइएको छ।

बाजागाजासहित भवन शिलान्यास समारोहमा वाद्यबाधक टोली

यता नेकपाका कार्यकर्ताले भने कार्यक्रम बहिष्कार गरेका छन्। भवन शिलान्यास कार्यक्रम बिना बैठक राजनैतिक तवरले अगाडि बढाइएको उनीहरुले आरोप लगाएका छन् । पार्टीको भेला झै एकतर्फी शिलान्यास कार्यक्रम आफुहरुले बहिष्कार गरेको नेकपा शिवपुरी गाउँपालिका सचिवालय सदस्य श्याम पाण्डेले बताए ।

तस्वीर:प्रवीण थपलिया

प्रतिक्रिया दिनुहोस्