नुवाकोटमा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ



नुवाकोट,मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका तीन कार्यकर्ता नुवाकोटमा पक्राउ परेका छन् ।पक्राउ परेका तीनैजना उक्त समूहका जिल्ला कमिटि सदस्य सदस्य रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नम्बर २ का ४१ वर्षिय राम कुमार अधिकारी(बादल), ककनी गाउँपालिका वडा नम्बर ३ का शम्भुप्रसाद ढुंगाना र विनोद ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ढुङ्गानाद्धयलाई लुकिरहेको अवस्थामा पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरीको विशेष टोलीले बट्टार बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्