भन्सार छली गरी ल्याएको ६ लाख बराबरको कपडा सहित दुई जना पक्राउ



बारा मंसिर २ ।

बारा स्थित ईलाका प्रहरी कार्यालय जीतपुरले भन्सार छली गरी ल्याएको करिब ६ लाख बराबरको कपडा सहिँत दुई जानालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा प्रहरी कार्यालय अगाडी चेकजाँच गर्दा निजी सवारीमा बिरगंजबाट हेटौडा लाँदै गरेको अवस्थामा उक्त सामान सहिँत दुई जनालाई नियन्त्रमा लिएको हो ।

बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको प्रदेश ३ को ०१–०२२ च ७०७० नम्बरको निजी बिर्जा कारमा अबैध रुपमा भारतबाट भन्सारी छली ल्याएको बजार मूल्य पर्ने करिब ६ लाख बराबरको कपडा बरामत गरेको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक देवबहादुर चन्दले जानकारी दिए ।

कपडा सहिँत प्रहरीले सवारी चलाक धादिङ्ग जिल्ला संकोच घर भएका बिरगंज वडा नं।९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध पकडाको कारोबारमा संलग्नका भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई बिरगंज वडा नं।२ छपकैंयामा बस्दै आएका इस्ताक अंसारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अंसारीले बिरगंज महानगरपालिका वडा नं २ छपकैंया बस्ने नानु शेखको कपडा भएको जानकारी दिएको प्रहरीले जनाएको छ । निजी सवारीमा अबैध कारोबार गरेको शंका नलागोस भन्ने देखाउँन कपडा कारोबारी शेषले गाडीमा आफ्नों दुई वटा बच्चालाई समेत बसाएर पठाएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

बरामत गरिएको कपडा र सवारीलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउँने तैयारी गरेको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्