गोरखामा एक कोरोना संक्रमितको मृत्यु



गोरखा,मंसिर २ । गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको हो ।

ती बृद्ध लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित थिए। उनलाई कात्तिक २७ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

पछिल्लो दिन जिल्लामा संक्रमणदर समेत वृद्धि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्