नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४० पुग्यो
नुवाकोट,मंसिर १। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ ।
आइतबारको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अनुसार जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आइतबार जिल्लाको विदुर नगरपालिकाका २१ जना, बेलकोटगढी नगरपालिकाका ७ जना, तारकेश्वर गाउँपालिकाका ६ जना, लिखु गाउँपालिकाका एकजना र पञ्चकन्या गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । खनालका अनुसार आइतबारको पछिल्लो २४ घण्टा समयावधिमा जिल्लाका २२ पुरुष र १५ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगे नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका ७ हजार एकसय ६१ जनाकाृ पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै नुवाकोटका ३ सय ८७ जना कोरोनामुत्त भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । आइतबार जिल्लाका ५६ जना कोरोनामुत्त भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
हालसम्म नुवाकोटमा एक महिलाको कोरोनाको कारण ज्यान गएको कार्यालयको भनाई रहेको छ ।