राजा बलिहाङ रानामगरसँग गाँसिएको देउसी भैलो



निर्मला घर्तीमगर र भुपबहादुर घर्तीमगर
इसापूर्व १४ औं शताब्दीका मगर पाल्पा बल्ढेङगढीका संसारकै दानी र जनताप्रति बफादारी मगर राजा ‘बलिहाङ’ बलि राजाले (ब्राह) १२ मगरातका दानी राजा तथा दिब्य ज्ञानका भाषी राजा थिए । उनले “अठार मगरात र ब्राह मगरात” लाई समझदारी कायम गरी आफ्नो पालाको सुशासन राज्य जनताको सुखदुखमा शान्तिसँग चलाइरहेका थिए । एक दिन बलि राजा बिरामी भयो । यो संदेश सारा गाउँभरि फैलियो । गाउँका मानिसहरुमा आफ्ना प्यारा राजा गुमाउने दिनहरु सम्झँदै रुन र कराउन थाले ।

पश्चिमाञ्चल मगरात क्षेत्रमा प्रचलित तिहार बलिहाङ देउसी भैलो भाइटीका पर्वको मिथकमा संस्कृतिविद्, ईतिहासकारहरुले लेखेका छन् । बलिहाङ रानामगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविष्यवेत्ता राजा थिए । रैतीहरुलाई यत्तिसम्म खुसी पारेका थिए कि उनको मृत्युसम्मको कुरासम्म सुन्न सक्दैनथे । आफ्नो मृत्युको सन्देशलाई कालले दुतको रुपमा आकाश बाणी गरे । र, पछि यो दु:खको सन्देश आफ्ना प्यारा जनताहरुलाई बोलाएर भनेछन्, ‘जसरी हामीहरु एक आपसमा मिलेर बसेका छौं । त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कात्तिक महिनाको औंसीको रातमा हुँदैछ ।
भइलो र देउसुरेको शाब्दिक मगर भाषामा यस्तो अर्थ रहेछ ।’

राजा बिरामीको खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आइलाग्यो भन्दै राजालाई बिन्ती गरे तपाईंलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ प्रजा खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भन्दै भट्याउँदै प्रार्थना गर्न थाले ।

काल आएर राजालाई लिन खोज्दा सबै रैतिहरुले भट्याउँदै फाईलो–फाईलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेको र हामीले काललाई बिन्ति गरेर राजालाई हामीले जोगाउँछौं र बचाउँछौं भन्ने शब्द हुन्छ । गाउँका सबै महिलाहरुलाई गाउँमा कुनै नौलो मानिस वा काल आएको हुन सक्छ त्यसकारण कोही नयाँ नौलो मानिस देखेमा देउस्यैरा भनेर सोध्नु अर्थात् मगर भाषामा देउस्यैराको अर्थ गाउँमा कोही नयाँ मानिसलाई सोधपुछ गर्ने र बिन्ति गर्ने भन्ने बुझिन्छ । मगर भाषामा फाइलो फाइलोको अर्थ हामीले बचाउँछौं, जोगाउँछौं, जोगायौ, बिन्ति गर्छौ भन्ने हुन्छ । राजाप्रति रैतिहरुको प्रगाढ सम्मान त्यत्तिबेलाको कहालीलाग्दो र दुखदायी वातावरणले गर्दा कालको पनि मन फिरिएछ ।

राजालाई प्राणदान दिएछ जनताले कालदेखि बचाउँदा भावविह्वल भइ बलिराजाले ६ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन देखि घरघरमा सबैले मिठो मसिनो खाए । सबै आआफ्नै घरमा भएका दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर आफू पनि कालदेखि सुरक्षित भएको महसुस गरी खुसियालीमा मासु, सेलरोटी, देउली बटुक बारा जाँडरक्सी पिएर रमाइलो गरे । उमङ्गको खुसीयाली साट्दै फाईलो–फाईलो भन्दै रातभरी खुशीयाली मनाए । मगर भाषामा फाईलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ ।

यहाँ मगर भाषामा फाईलो- फाईलोको शब्द अपभ्रम्षित हुँदै भैलो हुन गएको र देउस्यैराको शाब्दिक मगर भाषाबाट नै देउसुरे हुन गएको इतिहासविद हरुको ठम्याइ छ ।

तिहार शब्द भारत वर्षबाट १४ औं/ १५ औं शताब्दीमा रङ्ग र अबिर, केशरीको ब्यापारीहरुले त्योहार शब्दलाई भित्राएको मानिन्छ । त्योहार भन्ने शब्द खस भाषासँग सम्बन्ध भएको देखिन्छ “त्यो” अर्थात् घाटी . “हार” अर्थात माला.. कात्तिक महिना औंसीको बेलामा फूलहरुको मौषम र ‘बलिहाङ पर्ब बलिहाङ रार्लेस (पर्व) मनाउने समय एकैचोटी भएको हुँदा यो ‘बलिहाङ र तिहार शब्द एक आपसमा सयोजन मिलेको र हुन गएको मानिन्छ हो । १३ औं र चौधौ शताब्दितिरबाट मगर र आर्य खसहरु घुलमिल गरी सँगसँगै बसेका हुँदाखेरी मगरहरुको केही थरहरु अन्य समुदायसँग मेल खान जान्छ । तिहारमा दिदी बहिनीको हातबाट टिका लगाउने प्रचलन र देउसी भैलो ।

काल कुनै पनि बेलामा राजालाई मात्र होइन गाउँमा राजा बन्न सक्ने पुरुष ब्यक्तिहरुलाई समेत काल लिन आउने हुँदा आफ्नो दाजुभाइहरुलाई कन्या चेलीले उक्त औंसीको दिन “तिलको” तेलले तेलको सात फन्को सुरक्षाको घेरा लगाई भाइहरु बसेको स्थानलाई घेराबन्दी गरी कालबाट जोगाउन र लामो दीर्घायुको कामना आशीर्वाद दिने प्रार्थना गर्ने चलन छ । र उक्त समयमा आफ्ना दाजुभाइहरुलाई सेतो टिका र सयपत्री फूल मालाको लहरा घाँटीमा लगाएर प्रशन्न खुसी बनाएमा कालसमेत प्रसन्न हुने जनविश्वास रहेको छ । यो बेलामा “ओखरलाइ” कालको टाउको प्रतिमा बनाएर ढोकाको साँघरमा जम फुटाउने चलन पनि कायमै छ ।

हाल आएर यो प्रथा कात्तिक औंसीको कालो अधेरिको दिन उनी ‘बलिहाङ मगर राजाको नाममा प्रार्थना र देउसी भैलो खेली रातभरि उज्यालो बनाएर सबै जाग्राम बस्ने चलन छ । यो समयामा मगर बस्तीहरुमा भैलो सोरठी, मारुनी नाचहरु नाचिने चलन पनि छ । मारुनी र सोरठी नाचमा यिनै ‘बलिहाङ मगर राजाको गीतहरु पनि गाइन्छ । गीतको बोल छ:- शिरमा लगाउने शिरफुल यसै यो राजाले बेची खायो । सुनको गहना,…. जान्छु म माइतीको देश… जुवा र खेल्ने बेलामा..सुनको गहना राजाले राखे र …आदि आदि ‘बलिहाङ राजाका गीतहरु सोरठी र मारुनी, नाचो, नाचारी, ठूलो नाचमा अझै पनि राजाका गीतहरु गाइने गरेको पाइन्छ । जसरी मगर समुदाय देशभरी फैलिँदै गयो त्यसरी नै बलिहाङ सार्लेस पर्व पनि देशभरी नै फैलिँदै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्