नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो
काठमाडौं कात्तिक २९ ।
नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
यो संगै मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो।