झापा आर्जुनधाराका पुर्व अध्यक्षको कोरोनाबाट मृत्यु
झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ ।
काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए । फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।
अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् ।