नेकपा नुवाकोटकी नेतृ बिन्दा बिकको सम्झनामा पञ्चकन्या गाउँपालिकाको श्रद्धाञ्जली सभा
नुवाकोट,कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नुवाकाेटकी नेतृ बिन्दा बिकको सम्झनामा पञ्चकन्या गाउँपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
नेतृ बिककै निवासमा शुक्रबार भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता तथा कार्यकर्ताले नेतृ तथा सहकारी अान्दाेलन र महिला जागरण अान्दाेलनका नेता बिन्दा बिकको निधनले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताएका थिए।
बिकको स्वर्गाराेहण भएको १३अाैँ पुण्य तिथिमा पञ्चकन्या गाउँपालिकाद्वारा अायाेजित उक्त शोक सभामा संघीय सांसद हितबहादुर तामाङ,वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेश सांसद बद्री मैनाली,नेकपाका जिल्ला नेता पदम उप्रेती,पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ लगायत राजनीतिकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।