तादी खोला पक्की पुल शिलान्यास, ९ करोड १३ लाख लागतमा सम्पन्न हुने
नुवाकोट,कात्तिक २८ । प्रदेश सरकारबाट विनियोजित रकमबाट बालकुमारी र सुन्दरा जोड्ने भ्यान्ङ्ले स्थित तादी खोला पक्की मोटर पूल निर्माण हुने भएको छ। शुक्रबार संघीय सांसद हितबहादुर तामाङको प्रमूख आतिथ्यता र प्रदेश सरकारको भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाल तथा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेश सांसद बद्री मैनाली,नेकपा जिल्ला नेता पदम उप्रेती तथा स्थानीय जनप्रतिनिधिको विशेष आतिथ्यतामा उक्त पुल शिलान्यास भएको हो।
कुल ९ करोड १३ लाख ४ हजार ३ सय को लागत मा निर्माण हुने उक्त पुल हाल प्रदेशबाट ४ करोड बिनियोजन भएको बताइएको छ। पक्की पुल निर्माणसंगै दुप्चेश्वर गाउँपालिका ५ र ६ वडा क्षेत्र, तादी गाउँपालिका ४ लगायतका यस भेगका स्थानीयलाई राहत हुनेछ ।
कोभिड १९ का बीच विकास निर्माणका गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेकाले स्वास्थमापदण्ड ख्याल गर्दै कार्यक्रमलाई अगाडि बढाइएको कार्यक्रममा उपस्थित नेताहरूले बताएका छन्।