तीनजना राजदूत संसदीय समितिबाट अनुमोदित



काठमाडौं कात्तिक २७ ।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम समितिले अनुमोदन गरेको हो।

समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार तीनै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो । समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेको थियो। उजुरी परेपनि उजुरीकर्ता समितिमा आएका थिएनन् । सुनुवाईका क्रममा खतिवडाको आलोचना भएपनि अरु दुई जनाका विषयमा खासै घनीभूत छलफल नभई सर्वसम्मत अनुमोदन भएको हो ।

प्रतिक्रिया दिनुहोस्