सुनको मूल्य सोमबार फेरि बढ्यो



काठमाडौं कात्तिक २४ । सुनको मूल्य सोमबार फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पुनः सुरक्षित लगानीका लागि आकर्षण बढ्दै गएको हुनाले सुनको मूल्य बढ्न थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए ।

चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार २ सय ८५ रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्