संसद अधिवेशन बोलाउन डा.भट्टराईको माग
काठमाडौं कात्तिक २२ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मेन्सन गर्दै भट्टराईले यस्तो माग गरेका हुन् ।
‘‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला त्यो उसैले छिनोफानो गरोस्’, भट्टराईले लेखेका छन्, ‘तर सरकारको दुष्कर्म–अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले संसद अधिवेसन बोलाएर छलफल गर्नुपर्यो।’
उनले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार र विदेश सम्बन्ध तथा अन्य विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउन माग गरेका हुन् ।