स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो
काठमाडौं, कार्तिक २०। हालसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएको जनाएको छ ।
हाल कायम गरिएको स्थानीय तहको केन्द्र सम्बन्धित स्थानीय तहका बहुसङ्ख्यक नागरिकलाई पायक नपर्ने र पालिकाको नाम स्थानीय पहिचानसँग नमिल्ने भएकाले तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगले ७५३ वटा स्थानीय तह निर्माण गरी त्यसको नाम र केन्द्रसमेत निर्धारण गरेको थियो ।
आयोगले स्थानीय तहको नाम र केन्द्र निर्धारण गर्दा सबै पालिकाको नाम र केन्द्र अस्थायी रूपमा कायम गरिएको थियो । आवश्यकता र औचित्यका आधारमा पुनः नाम र केन्द्र परिवर्तनका लागि मन्त्रालयलाई सिफारिस गर्ने अधिकार पालिकालाई दिएको थियो ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।