बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त



काठमाडौं कात्तिक १५ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो।

उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्