नुवाकोटमा थप २६ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४६७

नुवाकोट, कात्तिक १५ ।नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार साँझ पछिल्लो २४ घण्टाको विवरण अनुसार विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना र सुर्यगढी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको नुवाकोटस्थित स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए। खनालका अनुसार संक्रमितमध्ये विदुर नगरपालिकाका ४ महिला र ७ पुरुष तथा बेलकोटगढीका ९ पुरुष र ५ महिला तथा सुर्यगढी गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ६७ पुगेको छ जसमध्ये ३ सय ४४ पुरुष र एकसय २३ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एक सय ८४ पुगेको छ ।
नुवाकोटमा हालसम्म ६ हजार एकसय १४ जनाको पिसिआर परिक्षण गरिसकिएको छ।
शुक्रबारको पछिल्लो विवरण
