काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिए
काठमाडौं कात्तिक ११ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।