कोरोना संक्रमणबाट धरानमा ३ जनाको मृत्यु
सुनसरी कात्तिक १० ।
कोरोना भाइरस संक्रमणबाट धरानमा ३ जनाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको हो ।
इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कात्तिक ६ गते कोरोना भाइरस संक्रमण भएका उनी कात्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै मोरङको पथरी शनिश्चरेका पुरुषमा कात्तिक १ गते कोरोना भाइरस संक्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।
धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिलालाई कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कात्तिक १० गते अस्पताल भर्ना भएकी उनको त्यसै दिन मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा हाइपरटेन्सनको समस्या थियो ।