कोरोनाविरुद्धको रणनीति नबदल्ने हो भने अझ भयावह स्थिति हुन्छ : डा. मरासिनी [अन्तर्वार्ता]
डा. बाबुराम मरासिनी, वरिष्ठ भाइरोलोजिष्ट
वरिष्ठ भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले सरकारको तयारी र योजना नभएको कारण अहिले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको बताउँदै आएका छन् । अवकाश हुनुअघि महामारी तथा सरुवारोग नियन्त्रण महाशाखाको प्रमुखको रुपमा काम गरिसकेका डा. मरासिनीका विचार र विश्लेषणहरु अन्तरवार्तामा समेटने प्रयास गरेका छौं । अन्तरवार्तामा डा. मरासिनीले कोरोना नियन्त्रण बाहिर जाँदा राजनैतिक अस्थिरतासमेत निम्तिने खतरातर्फ सबै सचेत हुन पनि आग्रह गरेका छन् ।
नेपालमा कोरोना संक्रमणको अवस्था कुन चरणमा भएको पाउनुभएको छ ?
हामी तेस्रो चरण पास गरेर चौथो चरणमा प्रवेश गर्यौं जस्तो लाग्छ । काठमाडौंको सन्दर्भमा चौथोमा प्रवेश गरेको जस्तो बुझिन्छ । किनभने यो धेरै ठूलो भइसक्यो । यहाँ कार्यालयभित्र, घरभित्र, समुदायमा सबैतिर पसिसक्यो । त्यो हिसाबले हेर्दा काठमाडौं बाहिरको अझै स्पष्ट छैन काठमाडौंभित्र चौथो चरणमा प्रवेश गरिसकेको हो ।
सुरुका केही समय काठमाडौं बाहिर निकै डरलाग्दो अवस्था थियो । अहिले फेरी काठमाडौंमा त्यो अवस्था देखियो । यो किन भयो ?
स्रोतमै रोक्ने प्रयास गर्नुपर्थ्यो । पहिलो स्रोत त सीमापार हो । हवाईजहाजबाट आउनेलाई त हामीले ठिकठिकै गरेका छौं । हामीले त्यति नरम नियम गरेनौं । तर दक्षिण सीमा तिरबाट आउनेहरुलाई सुरुमा अव्यवहारिक नियम गर्यौं । नेपाल आउने मान्छे भारततिरै बस र नेपाल तिरबाट जाने पनि नेपालतिरै बस भनेर अव्यवहारिक निर्णय गर्यौं । त्यो अव्यवहारिक निर्णय गर्नु हुँदैनथियो । किनभने दशगजामा १४ दिन क्वारेन्टाइन बसेको पनि अन्तर्राष्ट्रिय नियमअनुसार दशगजा क्रस गर्नेवित्तिकै फेरि पारि गएर १४ दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यो कानुनले मान्दैन ।
कानून भनेको कानून हो । भारतको दिल्लीमा आएर म १४ दिन बसेको थिए नेपालमा म किन बस्नुपर्यो भन्ने तर्क काम लाग्दैन । त्यो नगर्नुपर्थ्यो । तर पछि आएर सीमापारबाट आउने सम्बन्धमा कुनै मापदण्ड नीति बनाएन । त्यसपछि खुलेआम आउने जाने भयो । त्यसले तराईका जिल्लाहरुमा संक्रमण आयो । दोस्रो फेजमा काठमाडौंमा आयो । यो त सिधासिधा हो । सरुवा रोगको नियम नै त्यही हो । त्यसरी नै आएको हो अरु पनि ।
डेङ्गो पनि त्यसरी नै आएको हो । धेरै सय वर्ष अगाडि मलेरिया त्यसरी आयो । जापानिज इन्सेफलाइटिस पनि पहिला गोरखपुर हुँदै नेपाल भित्रियो । कालाजार भन्ने रोग सुरुमा पटनामा देखिएको हो विस्तारै नेपालतिर आयो । पाँच/छ वर्षपछि आएको हो । त्यसैले यो रोगको नियम त्यही थियो । त्यसलाई हामीले अलिकति हल्कारुपले लियौं जस्तो लाग्यो । त्यहीनेर रोक्ने प्रयास गरेको भए यस्तो ठूलो नेपालमा प्रकोप (मैले महामारी भन्दिनँ), कसैकसैले महाव्याधि भन्छन त्यस्तो अवस्था आउँदैन थियो होला ।
त्यसोभए महामारीको अवस्था आइसकेको होइन ?
यो होइन । हामीले नेपालीमा उल्था गर्दा महामारी भन्यौं । महा भनेको ठूलो (ग्रेट) मारी भनेको डेथ हो । अहिले चारपाँच वर्षयता महामारी भनेको इबोलाको मात्रै हो । इबोलाको मृत्युदर ६० प्रतिशत छ । जम्माजम्मी साढे ६ अर्ब मान्छेमा केही लाखको मात्रै मृत्यु भएको छ । त्यो प्रतिशतमा हेर्ने हो भने त हाम्रोमा ०.६, ०.७ प्रतिशतमात्रै छ । डेढ सय जनामा एकजनाको जस्तो मृत्यु भइसकेको छ । त्यो हेर्दा अहिले पनि हामिकोमा टिभि रोग (क्षयरोग) लागेर ५ हजार मान्छेको मृत्यु भइराखेको छ । त्यसलाई हामीले के भन्ने । मलाई भोली प्रश्न आउाछ त्यसैले यो एकप्रकारको महाप्रकोप चाहिँ हो । तर यो महामारी चाहिँ होइन । महामारी भन्ने शब्दको नेपाली समाजले असाध्यै उल्टा किसिमले सम्झिन्छ । यसको विश्लेषण, यसको बुझाई असाध्यै नकारात्मक छ । त्यसोगर्दा महामारी भन्ने शब्द कसैले पनि प्रयोग नगरेको राम्रो । किन भने यसको ५० प्रतिशत, ६० प्रतिशत मृत्युदर पनि छैन । त्यसो भएको हुनाले महामारी भन्ने शब्द प्रयोग नगरौं भन्छु ।
सुरुका केही समय वीरगंज, उदयपुरको झुल्के हुँदै नेपालगंजसम्मको एरियामा एकदमै कठिन अवस्था थियो । त्यता नियन्त्रणमा अथवा न्यून अवस्थामा रहयो । बिचमा माथिमाथिको क्षेत्रमा फैलिन थाल्यो । सरुवारोगको नियम नै यहि हो अथवा लापरबाही बढी हो ?
पहिला म सँग कतिजनाले अन्तरवार्ता लिँदाखेरि नै काठमाडौंमा फैलियो भन्दा नै त्यति धेरै आश्चार्यजनक मान्नुपर्दैन भने । हामीले जसरी उदयपुरमा राम्रोसँग यसलाई नियन्त्रण गरेका थियौं त्यही मोडेलमा गएर यहाँ पनि गरनौं भन्दाखेरी अब यहाँ मान्छेका विभिन्न थरी कुराहरु र विभिन्नथरी विश्लेषणहरु भएको कारणले र मैले वैशाख महिनामै समुदायमा गइसक्यो है भने कसरी गयो भन्दा जुन सिन्धुपाल्चोकबाट आउनुभएको महिलाको मृत्यु भएपछि मैले सुत्केरी हुनलाई ठिक्क परेको महिलाको नजिक सारै धेरै मान्छेहरु जाँदैनन् । उहाँको सम्पर्क निकै कम भइसकेको हुन्छ । सामाजिक सम्पर्क धेरै कम भइसकेको हुन्छ । मान्छे त्यसै पनि परपर बसेर कुरा गर्छन् । त्यसैले उहाँलाई यो रोग लाग्नु भनेको समुदायमा गइसक्यो है अब होसियार होऔं र नियन्त्रण गरिहालौं भनेको यसलाई अर्कै किसिमले लिनुभयो । हाम्रो मन्त्रालयको साथीहरुले अलि नकारात्मक किसिमले लिनुभयो । त्यो बेला सकारात्मक किसिमले लिइदिएको भए हुन्थ्यो । तर त्यो बेला अलिकति यसको विश्लेषण बुझाई ठिक तरिकाले हुन नसक्दा समस्या भयो ।
तपाईं मन्त्रालयमा पोलिसि निर्माणमा बसेर पनि काम गर्नुभयो । यो संक्रमण बढ्दै जाँदा नीतिगत रुपमा सबै अलमल भयो होइन ?
म बस्दा मन्त्रालयले यसरी हेरेन । म मन्त्रालयमा दश वर्ष बसे । मन्त्रालयले रोग नियन्त्रणको काम गरेन । मन्त्रालयले विभागलाई भन्यो । विभागको कान निमोठनु निमोठ्यो, दौडाउनु दौडायो गाली पनि गरे होलान् । हामीले पनि गाली गर्यौं । तर मन्त्रालयले आफैं रोग नियन्त्रणको ठेक्का लिएन । अहिले स्वास्थ्य सेवा विभाग छ र त्यहाँ रोग नियन्त्रण महाशाखा पनि छ । उनीहरुलाई नै हामी परिचालन गर्थ्यौं र तिनलाई के चाहियो पैसा चाहिएको हो, समन्वय चाहिएको हो जे जे चाहिएको छ भन तर यो नियन्त्रण गर हामीले अरु केही जानेका छैनौं भन्थ्यौं । अब पहिला यो संघीयता नहुँदाखेरीको अवस्थामा केन्द्रीकृत व्यवस्था हुँदाखेरी यहाँदेखि एउटा आदेश दिए हेल्थपोष्टसम्म पालना हुन्थ्यो । त्यो र अहिलेको अलिकति फरक छ । तर मैले अहिले हेर्दा मन्त्रालयले सिधै रोग नियन्त्रणको काम आफ्नो जिम्मामा नलिएको भए राम्रो हुन्थ्यो । विभागलाई नै परिचालन गर्नुपर्थ्यो, स्वास्थ्य सेवा विभागको काम नै त्यहि हो ।
जेल विभाग बनाउने अनि गृह मन्त्रालय आफैले फेरि जेलको काम गर्ने भए त्यो त राम्रो भएन नि ! गृहमा पनि जेल विभागलाई नै दौडाउनुपर्यो नि । उसैलाई परिचालन गर्नुपर्छ । त्यो चाहिँ अलिकति नमिल्दो देखिन्छ । त्यसले पनि समस्या झन जटिल बनाएको हुनसक्ने सम्भावना म देख्छु ।
बाहिरबाट हेर्दाखेरी पहिलो घेरामा स्वास्थ्य मन्त्रालय अथवा स्वास्थ्य सेवा विभाग देखिनुपर्ने हामीकोमा सिसिएमसीको कारणले रक्षा मन्त्रालय अगाडि देखियो । कोभिड नियन्त्रणमा । यो आफैमा कत्तिको मिल्दो नमिल्दो हो ?
मैले त्यसलाई त्यसरी लिइनँ । मलाई त स्वास्थ्य मन्त्रालयले कुनै हालतमा छुट पाउँछ जस्तो लाग्दैन । तर आफूले यो काम नगरेर स्वास्थ्य सेवा विभागलाई परिचालित गर्नुपर्थ्यो । उनीहरुलाई एकदमै कडा तरिकाले निर्देशनात्मक तरिकाले परिचालन गरेको भए उहााहरु अलिकति सुरक्षित हुनुहुन्थ्यो । अहिले के भयो भने स्वास्थ्य मन्त्रालय नै असफल हुन थालेको हो की त्यो स्वास्थ्य मन्त्रालय नै असफल भयो भने कसले हेर्नेहो त । सिसिएमसीको नाम नै समन्वय छ । समन्वय वालालाई हामीले धेरै केही भन्न सक्दैनौं । तर उहााहरुले हवाई यातायात, स्थल यातायात, सीमामा वारपार गर्ने कुराहरुपनि जोडिएको हुनाले त्यो कामको स्वास्थ्य मन्त्रालयसागको समन्वयका लागि प्रधानमन्त्रीले गठन गर्नुभएको होला । त्यो भन्दैमा सिसिएमसीको मुख हेरेर स्वास्थ्य मन्त्रालय बस्न पाइदैन, बस्नुपनि हुँदैन र त्यो कर्तव्यपनि होइन । आफू दौडिएको दौडियै गर्नुपर्छ । तर त्यो दैडिएन जस्तो लाग्छ मलाई ।
विश्वमा धेरै लामो समयसम्म लकडाउन गरेका मूलुकमध्ये हामी पर्यौं । फेरीपनि हामीकोमा लकडाउनको बहस सुरु भएको छ । अब लकडाउन आवश्यकता हो या होइन ?
होइन । जुन बेलामा चीनको वुहानमा यो फैलियो त्यो बेलामा चिनियााहरुलाई थाहा थिएन । यसको इन्कोभेसन पिरियड कति हो थाहा थिएन तर एउटा सम्भावित पिरियड त राखेका थिए । तरपनि यो १४ दिन हो कि होइन भन्नेमा उनिहरु निश्चिन्त थिएनन् । यो कुन भाइरस हो भन्नेमा धेरै उनीहरुमा जानकारी थिएन । यसको परीक्षण कसरी गर्ने हो भन्ने कुरामा त्यहाँ अलिकति समस्या थियो । मानिसहरु व्यापक रुपमा विरामी भइराखेका थिए । ठूलो संख्यामा भएका थिए । त्यस्तो अवस्थामा गर्नुपर्ने नै लकडाउन हो । अव त हामीलाई थाहा छ नी यो रोगको रोकथाम कसरी गर्ने हो भन्ने हामीलाई थाहा छ । यसको उपचार छैन भन्नेपनि थाहा छ । उपचार एकप्रकारले ज्वरो आएको बेलामा ज्वरोको औषधि लिने र खोकि लागेको बेलामा खोकिको औषधि खाने । लाक्षणिक उपचार मात्रै हो भन्ने थाहा छ । यसको खोप छैन भन्नेपनि थाहा छ । यसका लक्षणहरु के के हुन भन्ने पनि थाहा छ । यसको रोकथाम कसरी गर्ने भन्नेपनि थाहा भइसक्यो । त्यसो भएको हुनाले यो लकडाउनको कारण छैन । यस्तो अवस्थामा स्वास्थ्य संकटले आर्थिक संकट निम्त्याउँछ ।
आर्थिक संकट निम्तिएपछि सामाजिक र राजनीतिक संकट निस्किन्छ । यो देखिइसकेको छ । इबोलाले सेरालिओन र लाइबेरियामा के भयो त भन्दा सामाजिक र आर्थिक गिरावट भएका ठूलोठूलो लेखहरु प्रकाशित भएका छन् । त्यो पढ्ने हो भने दर्दनाक छ । मन्त्री भागेको छ त्यहाँ । बहालवाला मन्त्री डाक्टर र नर्सहरुको अवस्था देखेर आफु समेत बस्न नसक्ने भएर भागे, सचिवहरु भागे, सुरक्षाकर्मीहरु भागे, देश यस्तो अवस्थामा पुग्यो की बेहाल भयो । त्यस्तो संकट आइपर्छ । त्यस्तो आइपरेको हुनाले काठमाडौंमा अथवा कुनै सहरहरुमा संक्रमण सर्नुपछाडिको कारण के हो ? एक सय जना भर्ना भएका मान्छेलाई सोध्ने वित्तीकै थाहा हुन्छ । तपाई विगत १४ दिन भित्र कहाँकहाँ जानु भएको थियो । तपाईसँग कोको मान्छे भेटन आएका थिए । कुनकुन होटेलमा गएर खानुभयो । यो सबै कुरा सोध्नुस न । एकसय जनालाई सोध्ने वित्तीकै थाहा भइहाल्छ । के बाट सरेको रैछ । कर कार्यालय गएको थिए कर तिर्न गएको थिए, वडा कार्यालयमा गएको थिए, मालमोतमा गएको थिए, यस्तै यस्तै कुरा आयो भने त्यहाँबाट सरेको रैछ भन्ने थाहा पायौं हामीले । त्यसलाई हामीले व्यवस्थित गर्नुपर्यो ।
कन्टयाक्ट ट्रेसिङ नै हामीकोमा एकदमै कमजोर भयो हो ?
यो हावाबाट सर्ने हो हेर्नुस, यसको कन्टयाक्ट ट्रेसिङ गाह्रो छ । त्यसपछि अहिले एयर बर्न भन्ने आएको छ । स्वासप्रस्वासबाट सर्ने रोगको औषधि अत्यन्त कठिन हो । यसको नियन्त्रण एकदमै मेहनत गर्ने हो भने । असम्भव होइन अलि धेरै मेहनत आवश्यक पर्ने हो । त्यसैलेपनि कन्टयाक्ट ट्रेसिङमा केही कमिकमजोरी त देखियो । अहिले फटाफट गरिराख्नु भएको छैन । अनि आज ५ हजार आयो भोली २ हजार पनि कहिं हुन्छ ? त्यो त सिधै नियन्त्रण तर्फ गयो भन्ने हो नी । ९ दिन १० दिन सम्म नमुनाहरु जम्मा गरेर राखेको छ कहााकहााका नमुनाहरु पर्दा ५ हजार आयो, अर्कोदिन २ हजार २२ सय आउाछ । यो त २४ घण्टाको ताजाताजा तथ्याङ्कहरु भयो भने बल्ल तपाईले भन्न सक्नुहुन्छ कि यो बढ्दो क्रममा छ कि घट्दो क्रममा छ के छ यसको स्थिति भनेर भन्न सक्नुहुन्छ । यो भएन ।
केही दिन अघि सरकारका प्रवक्ताले नागरिकले सरकारको आदेश अवज्ञा गरे अव सरकार कडा रुपमा प्रस्तुत हुन्छ भनेर कतै लकडाउनको संकेत गर्नुभएको हो कि जस्तो बुझिन्छ । यहाँले कसरी बुझ्नुभएको छ ?
यो अप्ठेरो कुरा हो । कसैलाई पनि यो लाग्न सक्छ । अहिले धेरै कर्मचारीहरु नै संक्रमित भइराखेका छन् । सुरक्षाकर्मिहरु संक्रमित भइराखेका छन् । उनीहरु पनि त नागरिक हुन । उनीहरु कसरी संक्रमित भए । त्यसमा उहााले आफैले आफैलाई प्रश्न सोध्नुपर्यो । नेपाल सरकारको प्रवक्ताले आफैले आफैलाई सोध्न पर्यो । यहाँ नागरिकहरुको कुरा मात्रै आएन । त्यसैले यो मानविय व्यवहारसाग पनि सम्बन्धित विषय हो । मान्छेको व्यवहारले यो रोग सर्ने नसर्नेमा एकदमै ठूलो निर्णय गर्छ । त्यसो भएको कारणले हामीले यसलाई हल्का रुपमा लिनु हुँदैन । मेहनत धेरै गर्नुपर्नेछ । मानविय व्यवहार परिवर्तन भनेको असाध्यै गाह्रो छ ।
मैले पटक पटक भन्ने गरेको छु । चुरोट खाएर फोक्सोको क्यान्सर हुन्छ भन्ने कुरा सारा डाक्टरलाई थाहा छ । विस्तृतमा पढेको छ । साधारण एम्बिबिएस डाक्टरलाई थाहा छ । तर संसार भरिनै १५ प्रतिशत डाक्टरहरुले, चिकित्सकहरुले चुरोट खान्छन् । ज्ञान भएर हुँदैन । उसको धारणा परिवर्तन हुनुपर्छ । धारणा परिवर्तन भएपछि मात्रै व्यवहार परिवर्तनमा मान्छे अगाडि बढ्न सक्छ । त्यसो भएको हुनाले यो भनेको कठिन कुरा हो । कठिन कुरामा मेहनत गनुृपर्छ । यसमा नेपाल सरकारको मेहनत पनि त्यति धेरै परेको जस्तो लाग्दैन । मेहनत अझै बढाएर लाने हो भने आइसियुमा लाग्ने खर्च, भर्ना भएर विरामीलाई संक्रमणको परीक्षण गर्दा लाग्ने खर्च निकै घटेर जान्छ । खर्च गर्नैपर्ने त्यसमा थियो । हामीले गरेनौ त्यसमा ।
विज्ञका हिसाबले सरकारलाई के सुझाव दिनुहुन्छ ?
अहिले हेर्दा असफल भएको देखियो । अहिलेको जे जे रणनीतिहरु ल्याएको छ त्यो ठिक देखिँदैन । स्वास्थ्य मन्त्रालयले अव नयाँ रणनीति ल्याउनुपर्यो । कानून पुगेको छैन भने कानून परिवर्तन गर्नुपर्यो । योजना नै रहिन्छ स्वास्थ्य मन्त्रालयको । हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान मात्रै बनाएको रहेछ । खास चाहिने हामीलाई के थियो भने हेल्थ सेक्टर प्रिपियरनेस प्लान चाहिन्थ्यो । उहाँहरुले भुकम्पको योजना बनाउनुभयो । चाहिनेथियो हामीलाई सरुवारोग नियन्त्रणको योजना अथवा रोकथामको योजना । यो सबैचिज विग्रेको रहेछ । त्यसो भएको हुनाले यो विभागलाई पनि परिचालन गर्नुपर्यो । विभागलाई अहिले भन्दा धेरै अधिकार दिएर तपाईहरु अगाडि बढ्नुस हामी तपाईहरुलाई के के चाहिन्छ सहयोग गछौं भन्नुपर्यो । अहिलेको रणनीति नबदल्ने हो भने अझ यो भन्दा धेरै भयावहको स्थिति हुन्छ । अहिलेको रणनीतिहरु बदल्नुपर्यो । योजनाहरु बनाउनु पर्यो । अलिकति हाम्रो तयारी पुगेन । यो तयारीलाई बढाउन तिर लाग्नुपर्यो ।
काठमाडौंमा त कमसेकम घरभाडामा लिन खालि घर छन् । उत्तरी गोरखा, उत्तरी मनाङ, उत्तरी हुम्ला हो भने के गर्नेहो । हामीले कसरी त्यहाँ व्यवस्थापन गर्ने हो विरामीको । त्यसो भएकोले ठूलो संकटको अवस्था आउन सक्छ । त्यसो भएको हुनाले हामीले अलिकति तयारी रोकथाम, काठमाडौंमा खासगरी परीक्षण गर्न पाइन्छ । अझ के भयो भने पीसीआरको पैसा अझै धेरै भयो । सरकारी अस्पतालहरुले २ हजार रुपैयाा लिएको अन्याय हो । निजीले लिन्छन होला मैले ख्याल गरेको छैन् । ५ देखि ७ सय रुपैयाामा परीक्षण हुन्छ भने त्यसलाई २ हजार रुपैयाा लिने नाजायाज हो । सरकारले परल मूल्य मात्रै लिने हो । तपाई साढे सात सय रुपैयाा गराईदिनुहोस बस चढदा खेरी यहाँ देखि गजुरी जान पर्यो साढे सात सयको पीसीआर टेस्ट देखाउनै पर्ने गरिदिनुस । यहाँबाट हवाईजहाज चढनुपर्यो पीसीआरको टेष्ट देखाउनै पर्ने भन्नुस । बिहेको निम्तोमा जादा समेत पीसीआरको टेष्ट गरेर मात्रै जान पाउने व्यवस्था गर्नुपर्छ । त्यहाँ चाहिं प्रहरी खटाएर पीसीआर टेष्ट ७२ घण्टा यताको रिपोर्ट हेर्ने व्यवस्था मिलाउनुपर्यो । एउटा पीसीआर गरेपछि १४/१५ दिन सम्म त्यसको मिति नसकिने बनाउनु पर्यो । यो गर्नेहो भने जुन संक्रमित नभएका लक्षण नभएका मानिसहरुबाट रोग सरिरहने होइन नी अहिले । त्यो नियन्त्रण हुने सम्भावना देखिन्छ ।