कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४२ पुग्यो
काठमाडौं कात्तिक ८ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या ८ सय ४२ पुगेको हो ।
शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।