नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



काठमाडौं कात्तिक ८ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट धरान,रुपन्देही र बाँकेमा गरी थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

त्यसैगरी बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको गएराति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्