बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण



काठमाडौं कात्तिक ८ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन्।

ुहिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको होु, भट्टराईले ट्वविटमा लेखेका छन्।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ुहोम आइसोलेसनुमा नै रहेको उल्लेख गरेका छन्। ुकेही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छु, उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्