नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार पालिकाले गरिदिने



नुवाकोट, कात्तिक ८ । नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार गाउँपालिकाका स्वयमले उपचार गरिदिने निर्णय गरेको छ। पछिल्लो दिनयता कोरोनाका बिरामीहरु बढेपछि स्थानिय नागरिकमा त्रास बढेको भन्दै गाउँपालिकाले स्थानीयलाई त्रसित नहुन समेत भनेको छ।

केहि दिन अघि गाउँपालिका क्षेत्रमा एकैपटक धेरैमा कोरोना संक्रमण देखिएको र स्थानियमा त्रास फैलिएकाले लक्षणसहितका त्यस्ता बिरामीहरुको उपचार खर्च गाँउपालिकाले व्यहोर्ने निर्णय गरेको हो । 

शुक्रबार गाँउपालिकाले एक बिज्ञप्ति नै जारी गर्दै लक्षणसहितका सुर्यगढीका सम्पुर्ण संक्रमितको उपचार खर्च गाँउपालिकाले व्यहोर्ने जनाएको छ ।

बिश्वमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसको उपचार खर्च आफ्नो गाँउपालिकाको नागरिकहरुको पहुँच भन्दा बाहिर भएकाले गाँउपालिकाले उपचार खर्च व्यहोर्ने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले बताए । 

उनले भने- ‘नागरिकको बाच्न पाउने अधिकार र नागरिक बचाउनु स्थानिय सरकारको कर्तव्य, दायित्व र जिम्मेवारी हो यसर्थ बिकास बजेट कटौती गरेर भएपनि नागरिक बचाउने तयारीमा छौ।’

प्रतिक्रिया दिनुहोस्