जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङलाई कोरोना संक्रमण
नुवाकोट, कात्तिक ७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तामाङले शुक्रवार बेलुका सामाजिक संजालमा आफुलाई कोरोना पुष्टि भएको जनाएका हुन।
केहि दिनयता आफूले भेटेका र नजिक भएका ब्यक्तिमा कोरोना देखिएकाले आफ्नो पिसिआर परिक्षणका क्रममा आफूलाई समेत पोजेटिभ देखिएको बताएका छन् ।
उनले पछिल्लो दिनमा आफुँसँग सम्पर्कमा रहेकाहरुलाई पनि सावधानी अपनाउन सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।