कोरोना संक्रमितको उपचार सरकारले नै गर्छ : प्रधानमन्त्री ओली
काठमाडौं कात्तिक ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको पहिचान, परीक्षण र उपचारबाट सरकार पछि नहटेको बताएका छन् ।
शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली जनताको कोभिड–१९ पहिचान, परीक्षण र उपचारको यथोचित व्यवस्था सरकारले गर्ने बताए ।
प्रधानमन्त्री ओलीले शव व्यवस्थापनको व्यवस्था पनि पहिलेको जस्तै नेपाली सेनाले नै यथावत रुपमा गर्ने बताए । हुनेले नहुनेलाई सहयोग गर्न मात्र सरकारले आह्वान गरेको उल्लेख गरे।
राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने बताउदै प्रधानमन्त्री ओलीले त्यस्ता अफवाहलाई विश्वास नगर्न आग्रह गरेका छन् ।