नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ८ सय २९ पुग्यो
काठमाडौं कात्तिक ७ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको निधन भएको छ ।
योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या आठ सय २९ पुगेको छ । शुक्रबार देशभर चार हजार चार सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २६ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।