वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण



काठमाडौं,कात्तिक ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केहि दिन यता सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको सचिवालय अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्