सरकारले पाँच दिन कोरोनाबारे प्रेस ब्रिफिङ नगर्ने



काठमाडौं कात्तिक ६ ।

गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोना भाइरससम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने बताएका छन्।

अपरान्ह सवा ४ बजेतिर हुने उक्त ब्रिफिङमा सरकारले पछिल्लो २४ घन्टामा थपिएका, निको भएका र मृत्यु भएका कोरोना संक्रमितको विवरणसहित अन्य गतिविधिको जानकारी दिने गरेको थियो ।

प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाबारे जानकारी दिइने प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्