सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो



काठमाडैं कात्तिक ६ ।

नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य बिहिवार प्रतितोला ९५ हजार ७० सय रुपैयाँ तोकिएको छ । बुधवार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तर चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीवार लागि चाँदीको मूल्य १२ सय ३० रुपैयाँ तोकिएको छ । बुधवार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्