‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि



काठमाडौं कात्तिक ६ ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ ।

भेटका बारेमा प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका छन् ।

भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्