वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ३१



काठमाडौं,कात्तिक ६ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको छ ।

बुधबारको पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९४ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश क्षेत्रमा हालसम्म संक्रमण पुष्टि भएका संक्रमितमा ४५ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोनाका कारण हालसम्म ३ सय ५९ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा आजको दिनमा २७ हजार १ सय १० जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्