आइपिएल: जितसंगै बैंगलोर दोस्रो स्थानमा



एजेन्सी,कात्तिक ६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकोताले दिएको ८५ रनको लक्ष्य पछाएको बैंगलोरले १३.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलोरका लागि गुरकीरत सिंहले अविजित २१ रन बनाए भने देवदत्त पाडिकलले २५, एरोन फिन्चले १६ तथा कप्तान विराट कोहलीले अविजित १८ रन बनाएका थिए । कोलकोताका बलर लुकी फर्गुसनले एक विकेट लिए भने एक रन रनआउटको रुपमा लिएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै ८४ रन मात्र बनाएको थियो । कोलकोताका लागि कप्तान इयोन मोर्गनले सर्बाधिक ३० रन बनाएका थिए भने टम बानटनले १०, लुकी फर्गुसनले अविजित १९ र कुलदीप यादवले १२ रन बनएका थिए ।

प्रतिक्रिया दिनुहोस्